
काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयमा रिक्त रहेका उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव पदहरूमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले दरखास्त आह्वान गरेको छ ।
शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको यस विश्वविद्यालयका प्रमुख प्रशासनिक तथा शैक्षिक पदहरू खाली रहेकाले योग्य व्यक्तिहरूलाई आवेदन दिन अनुरोध गरिएको हो ।
मन्त्रालयद्वारा गठित छनोट तथा सिफारिस समितिले २०८३ साल जेठ ११ गते स्वीकृत ‘नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३’ बमोजिम आवेदन माग गरेको हो ।
इच्छुक तथा योग्य उम्मेदवारहरूले यो सूचना प्रथम पटक प्रकाशित भएको मिति अर्थात् २०८३ साल जेठ १३ गते (मे २७, २०८३) देखि १० (दश) दिनभित्र आवेदन दिन सक्नेछन् । आवेदन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा उपलब्ध गराइएको लिङ्कमार्फत अनलाइन पेस गर्नुपर्नेछ ।









प्रतिक्रिया