आज कतिमा साट्न पाइन्छ डलर ?

91
Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १५२.०८ रुपैयाँ र बिक्रीदर १५२.६८ रुपैयाँ कायम भएको छ ।

साथै युरोपियन युरो एकको खरिददर १७७.०९ र बिक्रीदर १७७.७९ रुपैयाँ, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर २०५.२४ रुपैयाँ र बिक्रीदर २०६.०५ रुपैयाँ तथा स्वीस फ्रांक एकको खरिददर १९४.६४ रुपैयाँ र बिक्रीदर १९५.४१ रुपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर १०९.०३ रुपैयाँ र बिक्रीदर १०९.४६ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ११०.१० रुपैयाँ र बिक्रीदर ११०.५४ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर ११९.०६ रुपैयाँ र बिक्रीदर ११९.५३ कायम गरिएको छ ।

जापानी येन १० को खरिददर ९.५७ रुपैयाँ र बिक्रीदर ९.६१ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर २२.४२ रुपैयाँ र बिक्रीदर २२.५० रुपैयाँ तथा साउदी अरेबियन रियाल एकको खरिददर ४०.५३ रुपैयाँ र बिक्रीदर ४०.६९ रुपैयाँ रहेको छ ।

कतारी रियाल एकको खरिददर ४१.७२ रुपैयाँ र बिक्रीदर ४१.८८ रुपैयाँ, थाई भाट एकको खरिददर ४.६८ रुपैयाँ र बिक्रीदर ४.७० रुपैयाँ तथा यूएई दिर्हाम एकको खरिददर ४१.४० रुपैयाँ र बिक्रीदर ४१.५७ रुपैयाँ तोकिएको छ ।

मलेसियन रिंगिट एकको खरिददर ३८.४८ र बिक्रीदर ३८.६३ रुपैयाँ, दक्षिण कोरियाली वन १०० को खरिददर १०.०४ र बिक्रीदर १०.०८ रुपैयाँ, स्विडिस क्रोनर एकको खरिददर १६.३९ रुपैयाँ र बिक्रीदर १६.४६ रुपैयाँ तथा डेनिस क्रोनर एकको खरिददर २३.७० रुपैयाँ र बिक्रीदर २३.७९ रुपैयाँ कायम गरिएको छ ।

केन्द्रीय बैंकका अनुसार हङकङ डलर एकको खरिददर १९.४१ र बिक्रीदर १९.४९ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४९५.८६ रुपैयाँ र बिक्रीदर ४९७.८२ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ४०३.४० रुपैयाँ र बिक्रीदर ४०४.९९ रुपैयाँ तथा ओमानी रियाल एकको खरिददर ३९५.०१ रुपैयाँ र बिक्रीदर ३९६.५७ रुपैयाँ कायम भएको राष्ट्र बैंकले जनाएको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।