
काठमाडौं । क्वालिटी आयल रिफाइनरीले एकै वर्ष सवा ७ अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ७ अर्ब २३ करोड १० लाख रुपैयाँको कारोबार गरेको हो ।
कम्पनीले सन् २०२४ मा २ अर्ब ३३ करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनीको व्यापार गत आवमा २१० प्रतिशतले वृद्धि भएको छ ।
कम्पनीका अनुसार गत आवमा भारतमा उच्च परिमाणमा तेल निर्यात हुँदा कारोबारमा उल्लेख्य वृद्धि भएको हो । कम्पनीले सन् २०२३ र सन् २०२४ मा नाफा कमाउन सकेको थिएन । गत आवमा भने कम्पनीले ४.३७ खुद नाफा कमाएको छ । त्यसैगरी कम्पनीको कुल नगद सञ्चय बढेर ४० करोड ८० लाख रुपैयाँ पुगेको छ ।
सन् २००४ मा स्थापना भएको यो कम्पनी काब्रा जी ग्रुपद्वारा सञ्चालित छ । कम्पनीले विभिन्न प्रकारका कच्चा तेल प्रशोधन गर्दै आएको छ । कम्पनीले भटमासको तेल, सनफ्लावर तेल, पाम तेल र अन्य सेवा दिँदै आएको छ । कम्पनीले विभिन्न देशबाट कच्चा तेल आयात गरी नेपाली बजारसँगै भारतमा निर्यात गर्दै आएको छ ।
कम्पनीले अल्पकालीन कर्जाका लागि २ अर्ब ५६ करोड ६४ लाख रुपैयाँको रेटिङ गराएको छ ।





प्रतिक्रिया