
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ का लागि पुरुष खेलाडीहरूको नयाँ केन्द्रीय सम्झौता (वर्गीकरण) सार्वजनिक गरेको छ ।
यस पटक क्यानले पहिलो पटक ‘ए प्लस’ (ए+) श्रेणीको सुरुवात गर्दै कुल ३८ जना खेलाडीहरूलाई ५ विभिन्न श्रेणीमा विभाजन गरेको छ ।
नयाँ वर्गीकरण अनुसार राष्ट्रिय टोलीका तीन जना मुख्य खेलाडीहरू ‘ए प्लस’ श्रेणीमा परेका छन् । जसमा एकदिवसीय टोलीका कप्तान रोहित पौडेल, टी-२० टोलीका कप्तान दिपेन्द्र सिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछाने रहेका छन् । यो श्रेणीमा पर्ने खेलाडीहरूले मासिक १ लाख २० हजार रुपैयाँ पारिश्रमिक पाउने क्यानले जनाएको छ ।
कुन श्रेणीमा को को ?
श्रेणी ‘ए’: आसिफ शेख, करण केसी, कुशल भुर्तेल र सोमपाल कामी ।
श्रेणी ‘बी’: आरिफ शेख, भीम सार्की, गुल्सन झा, ललित राजबंशी र नन्दन यादव ।
श्रेणी ‘सी’: अनिल शाह, अर्जुन कुमाल, बसिर अहमद, विनोद भण्डारी, हेमन्त धामी, इशान पाण्डे, कुशल मल्ल, लोकेश बम, शाहब आलम, शेर मल्ल र सन्दीप जोरा। (यस श्रेणीमा ११ जना खेलाडी छन्)।
डेभलपमेन्ट श्रेणी: अर्जुन घर्ती, अर्जुन साउद, आकाश चन्द, बिपिन खत्री, दीपक डुम्रे, देव खनाल, नारायण जोशी, पवन सर्राफ, रासिद खान, रिजन ढकाल, सन्तोष यादव, त्रित राज दास, युवराज खत्री, सागर ढकाल र प्रतिश जिसी । (यस श्रेणीमा १५ जना युवा खेलाडी छन्)।
यसअघिका वर्षहरूमा ‘ए प्लस’ श्रेणीको व्यवस्था थिएन । क्यानले खेलाडीहरूको प्रदर्शन र जिम्मेवारीलाई मध्यनजर गर्दै यसपटक वर्गीकरण र पारिश्रमिकमा नयाँ व्यवस्था गरेको हो । यसले खेलाडीहरूलाई खेलमा अझ बढी केन्द्रित हुन र व्यावसायिक बन्न प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ ।





प्रतिक्रिया