धितोपत्र बोर्डको अध्यक्षमा भट्ट नियुक्त

966
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले भट्टलाई बोर्डमा नियुक्त गरेको हो ।

सन्तोष नारायण श्रेष्ठले राजीनामा दिएपछि बोर्ड नेतृत्व खाली थियो । भट्ट श्रेष्ठको बाँकी कार्यालयका लागि नियुक्त भएका हुन् । श्रेष्ठ २०८१ मंसिर १० गते ४ वर्षका लागि बोर्ड अध्यक्ष बनेका थिए । यसको अर्थ भट्ट बोर्डमा २०८५ मंसिर ९ गतेसम्म अर्थात् साढे २ वर्ष बहाल रहनेछन् ।

Skip This