सेयर बाँडफाँड भएको २२ दिनमै आरम्भको सेयर कारोबार सुरु
काठमाडौं । आरम्भ माइक्रोफाइनान्सको साधारणस सेयर बाँडफाँड भएको २२ दिनमा नै सेयर कारोबार खुलेको छ ।
नेप्सेले आरम्भको सेयर कारोबार खुलेको जानकारी दिएको छ ।
आरम्भको पहिलो कारोबार मूल्य प्रतिकित्ता ८२ रुपैयाँदेखि २४६ रुपैयाँ तोकिएको छ ।
कम्पनीले आईपिओ निष्काशन बन्द भएको ३७ घण्टामा बाँडफाँड गरेको थियो भने १४ औं दिनमा नेप्सेमा सेयर सूचीकरण गराएको थियो ।
आरम्भले गत चैत ७ गते आईपिओ सहित ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता सेयर सूचीकरण गराएको थियो ।
नेप्सेले आरम्भको सेयर मुल्य पहिलो ८२ रुपैयाँदेखि २४६ रुपैयाँ तोकेको छ ।