सशस्त्र प्रहरीको तालिकका क्रममा ७ जना बेहोस, ६ जनालाई सेनाको हेलिकप्टरमा काठमाडौं ल्याइयो

0
Shares

फाइल तस्बिर

काठमाडौं । कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरी बल नेपाल राजश्व तथा औद्योगिक तालिम शिक्षालयमा तालिमका क्रममा सात जना बेहोस भएका छन् ।

आधारभूत तालिमअन्तर्गत दुई सय मिटर दौडका क्रममा उनीहरू बेहोस भएको जनाइएको छ ।

बेहोस भएका सात जनामध्ये छ जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत थप उपचारका लागि काठमाडौं ल्याइएको छ भने एक जनाको टीकापुर अस्पतालमै उपचार भइरहेको छ ।