
एजेन्सी । बेंगलुरुबाट दिल्ली आइरहेको एयर इन्डियाको उडान एआई२८०२ ले बिहीबार साँझ इन्जिनमा आगो लागेपछि दिल्ली विमानस्थलमा सुरक्षित अवतरण गरेको छ । यस विमानमा १६० जना यात्रु सवार थिए ।
एयर इन्डियाले यस घटनाबारे एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘दिल्लीमा विमानको अन्तिम अवतरण प्रक्रियाका क्रममा ककपिट क्रुले एउटा इन्जिनमा आगो लागेको संकेत पाएका थिए। पछि सो संकेत सही पाइयो।’
क्रुले सबै मानक सञ्चालन प्रक्रियाहरूपालना गरे र विमानलाई सुरक्षित रूपमा दिल्ली विमानस्थलमा अवतरण गराएका थिए । सबै यात्रु र क्रु सुरक्षितर सामान्य रूपमै विमानबाट बाहिर निस्किएको एयरलाइन्सले जनाएको छ ।
एयर इन्डियाले यस घटनाको छानबिन तुरुन्तै सुरु गर्ने बताएको छ। यो अनुसन्धान सम्बन्धित नियामक निकायका अधिकारीहरूसँग मिलेर गरिनेछ।









प्रतिक्रिया