
काठमाडौं । ‘करेन्ट’ चाउचाउको उत्पादक कम्पनी यशोदा फुड्सले उपभोक्ताहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै कुनै पनि सामग्री उपभोग गर्नुअघि उत्पादन मिति र म्याद सकिने मिति अनिवार्य रूपमा जाँच गरेर मात्र प्रयोग गर्न सादर अनुरोध गरेको छ ।
गर्मी मौसमको समयमा आफ्ना उत्पादनहरूको गुणस्तर कायम राख्न विक्रेता र उपभोक्ताहरूलाई विशेष अपिल गरेको छ ।
हालै एक सार्वजनिक सूचना जारी गर्दै कम्पनीले बढ्दो तापक्रम र चर्को घामका कारण पसल वा काउन्टरहरूमा राखिएका सामानहरूको गुणस्तरमा ह्रास आउन सक्ने भन्दै सचेत गराएको हो ।
कम्पनीले देशभरका विक्रेता महानुभावहरूलाई आफ्ना उत्पादनहरू घाम र पानी नपर्ने सुरक्षित तथा ओभानो स्थानमा भण्डारण गर्न अनुरोध गरेको छ ।
सामानको उचित व्यवस्थापन र सही तरिकाले बिक्री वितरण गर्दा मात्रै उत्पादनको वास्तविक गुणस्तर कायम रहने र यसले नेपाली उद्योगको गौरवलाई विश्वसामु चिनाउन मद्दत पुग्ने कम्पनीको भनाइ छ ।
नेपाल र नेपालीको सानको रूपमा स्थापित यशोदा फुड्सले हजारौं नेपाली नागरिकलाई रोजगारी दिनुका साथै कृषि क्षेत्रमा समेत ठूलो योगदान पुर्याउँदै आएको छ ।
हाल यस कम्पनीका उत्पादनहरू विश्वका २२ भन्दा बढी मुलुकमा निर्यात भइरहेका छन्, जसले मुलुकको विदेशी मुद्रा आर्जनमा महत्त्वपूर्ण भूमिका खेलेको छ ।









प्रतिक्रिया