
एजेन्सी । इरानसँगको युद्धको खर्च झण्डै २९ अर्ब डलर पुगेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले मंगलबार जानकारी दिएको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले द्वन्द्व र यसले सैन्य तयारीमा पारेको प्रभावबारे बढ्दो छानबिनको सामना गरिरहेका छन् ।
क्यापिटल हिलमा भएको बजेट सुनुवाइको क्रममा रक्षा मन्त्रालयले सार्वजनिक गरेको यो नयाँ तथ्यांक रक्षामन्त्री पिट हेगसेथले दुई हप्ताअघि दिएको अनुमानभन्दा करिब ४ अर्ब डलर बढी हो ।
हेगसेथ र जोइन्ट चिफ अफ स्टाफका अध्यक्ष जनरल ड्यान केनले पेन्टागनका अर्थ प्रमुख जुल्स हर्स्ट तृतीयसँगै सन् २०२७ का लागि १५ खर्ब डलरको बजेट प्रस्तावबारे गवाही दिइरहेका बेला उनीहरूलाई युद्धको खर्चबारे पछिल्लो जानकारी सोधिएको थियो ।
हर्स्टले सांसदहरूलाई भने, ‘सुनुवाइको समयमा यो २५ अर्ब डलर थियो ।’ उनले हेगसेथको अप्रिल २९ को अनुमानलाई उद्धृत गर्दै भने ।
‘तर संयुक्त स्टाफ टोली र लेखा नियन्त्रकले निरन्तर अनुमानहरू हेरिरहेका छन् र अहिले हामीलाई लाग्छ कि यो २९ अर्बको नजिक छ ।’






प्रतिक्रिया