
काठमाडौं । नेपाली बजारमा एमजी एस-६ ईभी सार्वजनिक भएको छ । सोमबार एक कार्यक्रमकाबीच नेपालका लागि एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले एमजी एस-६ ईभी सार्वजनिक गरेको हो ।
यो गाडी ईभी स्पेसियस मिड साइज पारिवारिक एसयूभी हो । यस ईभीमा ७७ किलोवाट आवर अल्ट्रा–थिन ब्याट्री र १८० किलोवाटको शक्तिशाली मोटर छ। फुल चार्जमा ५३० किलोमिटर रेन्ज प्रदान गर्छ ।
१५० किलोवाट अल्ट्रा फास्ट चार्जरबाट १०–८० प्रतिशत चार्ज हुन ३८ मिनेट लाग्ने कम्पनीको दाबी छ । कार ५.१ सेकेन्डमा १०० किलोमिटरको गति लिन सक्षम छ ।
अल ह्वील ड्राइभ युक्त कारमा पाँच ड्राइभ मोड नर्मल, स्पोर्ट, इको, स्नो र कस्टम छ । कारमा १२.८ इन्च एचडी टचस्क्रिन र १०.२५ इन्च ड्राइभर डिस्प्ले दिइएको छ। एमजी एस सिक्स ईभीमा एप्पल कारप्ले र एन्ड्रोइड अटोका लागि वायरलेस कनेक्टिभिटी दिइएको छ ।
सुरक्षाका दुष्टिकोणले पनि एमजीको नयाँ ईभीलाई सुरक्षित मानिएको छ । सुरक्षाका लागि कारले ५ स्टार एनक्याप रेटिङ प्राप्त गरेको छ ।
गाडीको मूल्य ६९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।





प्रतिक्रिया