भिजिट नेपाल २०८५ मनाइने, ५ हजार होमस्टेलाई ब्राण्डिङ गर्ने

217
Shares

काठमाडौं । सरकारले भिजिट नेपाल २०८५ मनाउने भएको छ । सरकारले आगामी आर्थिक आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममार्फत भिजिट नेपाल वर्ष घोषणा गरेको हो ।

यसका लागि पर्यटकको बसाई अवधि बढाउने र नेपाललाई विश्व आध्यात्मिक पर्यटन विकास गर्न देवभूमिको रुपमा विकास गर्ने भएको सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक गरेको सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

हवाई पूर्वाधार विस्तार गर्न भरपर्दो प्रतिस्पर्धी हवाई सेवा विस्तार गरिने, पर्यटक भिसा सेवालाई पूर्ण रुपमा अनलाईन गर्ने, अन्तर्राष्ट्रिय विमानस्थलमा इ गेट पासको व्यवस्था गर्ने, गौतमबुद्ध र पोखरामा उडान गर्न कुटनीतिक पहल गर्ने र अध्यागमन विभागबाटै पर्यटकलाई सेवा दिने गरी एकद्वार नीति लागू गर्ने घोषणा पनि सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत गरेको छ ।

सरकारले भिजिट नेपाल मनाउने र नेपालका ५ हजार होमस्टेलाई अन्तर्राष्ट्रिय स्तरमा ब्राण्डिङ गर्ने घोषणा पनि गरेको छ ।