
काठमाडौं । सरकारले नेपाललाई टेक हब बनाउन सूचना प्रविधि उद्योगलाई कर प्रोत्साहन दिने भएको छ ।
आगामी आर्थिक वर्षमा सरकारले सूचना प्रविधि उद्योगलाई प्राथमिकता दिने गरी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नेपाललाई टेक हवको रुपमा अगाडि बढाउन सूचना प्रविधि उद्योगलाई कर प्रोत्साहन दिने बताएका छन् । उनले लगानी एक्सप्रेस नीति लागू गर्ने पनि बताए ।









प्रतिक्रिया