समस्याग्रस्त सहकारीका बचतकर्ताको पैसा फिर्ता गर्न ‘एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना’ गरिने

77
Shares

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी संस्थामा रकम जम्मा गरेका बचतकर्ताको बचत रकम फिर्ता गर्न एकिकृत बचतकर्ता सुरक्षण कोष स्थापना गरी बचत फिर्ता गर्ने घोषणा गरेको छ ।

सोमबार संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८३/८४ को सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेले यस्तो उल्लेख गरेका हुन् ।

समस्याग्रस्त सहकारी संस्थामा रकम जम्मा गरेका बचतकर्ताको बचत रकम फिर्ता गर्न एकिकृत बचतकर्ता सुरक्षण कोष स्थापना गरी कर्जा असुलीमार्फत् बचतकर्ताको बचत फिर्ता गरिने घोषणा भएको हो ।

‘सहकारी संस्थाको नियमन र प्रभावकारी व्यवस्थापन गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरणको क्षमता सुदृढ गरिनेछ,’ नीति तथा कार्यक्रम बाचन गर्दै पौडेलले भने, ‘समस्याग्रस्त सहकारी संस्थामा रकम जम्मा गरेका बचतकर्ताको बचत रकम फिर्ता गर्न एकिकृत बचतकर्ता सुरक्षण कोष स्थापना गरी कर्जा असुलीमार्फत् बचतकर्ताको बचत फिर्ता गरिनेछ ।’