आँटा, मैदा उत्पादन गर्ने माँ दुर्गा फुड्सको व्यापार घट्यो, कतिको गर्‍यो कारोबार

833
Shares

काठमाडौं । माँ दुर्गा फुड्सको व्यापार घटेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा करिब २ करोड रुपैयाँले घटेको हो ।

सन् २०२४ मा ८५ करोड २० लाख रुपैयाँको कारोबार गरेको कम्पनीले गत आर्थिक वर्षमा ८३ करोड ४० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२३ मा ५६ करोड १० लाख रुपैयाँको कारोबार गरेको थियो ।

कम्पनीको व्यापार गत आवमा ५ प्रतिशतले वृद्धि भएको थियो । कम्पनीले सन् २०२२ देखि सन् २०२५ सम्मको अवधिमा वार्षिक ०.४२ प्रतिशतदेखि ०.५४ प्रतिशतसम्म खुद नाफा कमाएको छ ।

सन् २०१४ मा स्थापना भएको कम्पनीले गहुँ प्रशोधन गरी चक्की आँटा, चोकर, मैदा, सुजी र अन्य वस्तु उत्पादन गर्दै आएको छ । पर्सा जिल्लाको लिपानीबिर्तामा रहेको कम्पनीका दुईवटा प्रशोधन उद्योग छन् । जसमा दैनिक २ सय ४० मेट्रिक टन मैदा उत्पादन र ८० मेट्रिक टन चक्की आँटा उत्पादन गर्ने क्षमता छ ।

कम्पनीले उत्पादन गरेको वस्तु १ केजी र ५० केजीको प्याकेजिङमा बिक्री वितरण गर्दै आएको छ । अनुज रुङ्गटा अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ८८ करोड ७८ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ८ करोड ३५ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ८० करोड ४३ लाख रुपैयाँको रेटिङ गराएको हो ।