हामी ऋणले थिचिएका छैनौंः एमएडब्लू हायर पर्चेज

0
Shares

काठमाडौं । व्यवसायी विष्णु अग्रवालको एमएडब्लू हायर पर्चेजले आफू ऋणले थिचिएको कुरा गलत रहेको बताएको छ । क्लिकमान्डुमा प्रकाशित ‘ऋणले थिचिएको विष्णु अग्रवालको एमएडब्ल्यू हायर पर्चेज अझै ऋण थप्ने तयारीमा’ शीर्षकको समाचारको खण्डन गर्दै कम्पनीले राष्ट्र बैंकको सीमीभित्रै गियरिङ रेसियो रहेको बताएको छ ।

कम्पनीको गियरिछ रेसियो ४.२८ प्रतिशत छ । अर्थात् उसले १ रुपैयाँ पुँजी राखेर ४.२८ रुपैयाँ ऋण चलाइरहेको छ । कम्पनीको व्यापार पनि निरन्तर बढिरहेको छ । अग्रवालको एमएडब्लू हायर पर्चेज सवारी साधन र विद्युतीय सामाग्री खरिदमा फाइनान्सको सुविधा दिँदै आएको छ । राष्ट्र बैंकको निर्देशनअनुसार हायर पर्चेज कम्पनीले नेटवर्थको १० गुणासम्म कर्जा दिन सक्ने भन्दै यस्तो गियरिङ रेसियो राष्ट्र बैंकको नियामकीय सीमाभन्दा निकै कम रहेको बताएको हो ।

कम्पनीले गत वर्षमै करिब ४८ प्रतिशत र चालु आवको ३ महिनामा थप ३४ प्रतिशतले आफ्नो लगानी (पोर्टफोलियो) बढाएको छ । पछिल्लो समयको पोर्टफोलियो विस्तारका कारण पनि कम्पनीको गियरिङ रेसियो बढेको थियो ।
यस विषयमा कम्पनीले आफूले बैंक तथा वित्तीय संस्थाबाट लिने ऋणको अवधि र ग्राहकलाई दिने कर्जाको अवधि पूर्णतः तालमेल गरी व्यवस्थापन गरिएको बताएको छ । यस्तो एसेट लायबलिटी म्याचिङले कम्पनीको तरलता जोखिम अत्यन्त न्यून राखेको भन्दै कम्पनीले आफू कुनै पनि तरलता संकटमा पर्ने अवस्थामा नरहेको दाबी गरेको छ ।

एमएडब्ल्यू हायर पर्चेजले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १३ करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आवमा ४५ करोड २० लाख रुपैयाँ, सन् २०२४ मा ४३ करोड ३० लाख रुपैयाँ र सन् २०२३ मा ४४ करोड रुपैयाँको व्यापार गरेकामा चालु आवमा कुल आम्दानी बढाएको हो । सन् २०११ मा स्थापना भएको कम्पनी नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त कम्पनी हो । एमएडब्ल्यू ग्रुपद्धारा सञ्चालित कम्पनीले सवारी साधन तथा विद्युतीय सामाग्रीको खरिदका लागि फाइनान्सको सुविधा दिँदै आएको छ ।

कम्पनीले चालु आवको तीन महिना अन्त्यमा हुँदासम्म ४ अर्ब १ करोड २० लाख रुपैयाँ पोर्टफोलियोको व्यवस्थापन गरेको छ । सन् २०२५ सम्म ३ अर्ब ६९ करोड ३० लाख रुपैयाँ मात्रै पोर्टफोलियो व्यवस्थापन गरेको थियो ।

कम्पनीका अनुसार गत आवमा ४८ प्रतिशतलले पोर्टफोलियो वृद्धि भएकामा चालु आवको तीन महिनाको अवधिमै ३४ प्रतिशतले बढिसकेको छ । गत आवमा उक्त पोर्टफोलियो ४८ प्रतिशतले वृद्धि भएको थियो ।

यस्तो छ खण्डनः