राष्ट्रपति पौडेलद्वारा ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश’ जारी, २० वटा ऐन संशोधन

1k
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेका छन् । राष्ट्रपति कार्यालयले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त अध्यादेश प्रमाणीकरण भएको जानकारी दिएको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सो अध्यादेश जारी गरेका हुन् । जारी विज्ञप्ति अनुसार यो अध्यादेश २०८३ साल वैशाख २० गते आइतबारका दिन जारी गरिएको हो ।

यो अध्यादेशमार्फत २० वटा ऐन संशोधन भएको छ । भूमि, जग्गा नाप जाँच, मालपोत, शिक्षा, वन, स्वास्थ्य, निजामति र बिमा लगायत कानुनमा देखिएको अवरोध हटाइएको छ ।

यसअघि राष्ट्रपतिको कार्यालयले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदपूर्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ र विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ सम्बन्धी अध्यादेश जारी गरेको थियो ।

सरकारले ती अध्यादेशमार्फत सम्बन्धित क्षेत्रमा देखिएका कानुनी जटिलता समाधान गर्दै सेवा प्रवाह र व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरेको छ।

जारी अध्यादेशमध्ये सार्वजनिक पदाधिकारीको पदपूूर्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३ अनुसार सबै सार्वजनिक निकायमा भएको राजनीतिक नियुक्ति खारेज भएको छ ।

Skip This