
काठमाडौं । होटल ल्यान्डमार्क पोखराले गत आर्थिक वर्षमा १८ करोड ३० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२४ मा १५ करोड १० लाख रुपैयाँ र सन् २०२३ मा १३ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो ।
सन् २००७ मा स्थापना भएको कम्पनीले हेरिटेज स्टायल होटल सञ्चालन गर्दै आएको छ । कम्पनीले पोखराको लेकसाइडमा नेपाली परम्परागत आर्किटेक्चर र कार्भ्ड काठको प्रयोगगरी होटल निर्माण गरी सञ्चालन गरिरहेको हो । कम्पनीले ९५ वटा कोठा हेरिटेज डिलक्स र सुइट कोठाबाट सेवा दिँदै आएको छ ।
होटलमा रुफटप स्विमिङ पुल, रेस्टुरेन्ट र बार, स्पाको सेवा दिँदै आएको छ । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ८० करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ६५ करोड २० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १४ करोड ८० लाख रुपैयाँको रेटिङ गराएको हो ।
कम्पनीको ट्यान्जिबल कुल सम्पत्ति १ करोड ४० लाख रुपैयाँमा सिमित रहेको छ । सन् २०२४ मा निरन्तर भएको नोक्सानीका कारण १ करोड ६० लाख रुपैयाँ घाटा थियो । मुक्तिराम पाण्डे अध्यक्ष रहेको कम्पनीको सन् २०२४ मा कुल नगद सञ्चय २ करोड ९० लाख रुपैयाँ थियो । त्यस्तै, कम्पनीको गत आवमा अकुपेन्सी अनुपात ६० प्रतिशत रहेको जनाएको छ ।





प्रतिक्रिया