प्रभु बैंकले सुरु गर्यो कृषि भण्डारण कर्जा
काठमाडौं । प्रभु बैंकले कृषकलाई कृषि भण्डारण कर्जा दिने भएको छ । बैंकले बाँके कोहलपुर क्षेत्रका कृषकबाट भण्डारण कर्जा सेवाको सुरुवात गरेको हो ।
भेरी शीत भण्डार सहकारीमा आबद्ध कृषकलाई कृषि उपज भण्डारण गरेको रसिद धितोमा राखी कृषि भण्डारण कर्जाको सुरुवात प्रभु बैंकले चैत ५ गतेबाट सुरु गरेको छ । प्रभु बैंक कोहलपुर शाखा, भेरी शीत भण्डार सहकारी संस्था र युकेएड सक्षमको सहकार्यमा कृषि भण्डारण कर्जाको सुरुवात गरिएको हो ।
कोहलपुर नगरपालिकाका नगर प्रमुख लुटबहादुर रावतले कृषि भण्डारण कर्जा यस क्षेत्रकै नविनतम् सेवा भएको र यसले यस क्षेत्रका कृषकहरुलाई साहु महाजनको चर्को व्याजबाट सुरक्षा प्रदान गरी आर्थिक आवश्यकता परिपुर्ति गर्ने कुरामा आफु विश्वस्त रहेको बताए ।
प्रभु बेैंकले देशका विभिन्न भागहरुमा छरिएर रहेका आफ्ना विभिन्न शाखाहरु मार्पmत बैंकिङ सेवा प्रदान गर्नुका साथै देशका भौगोलिक अवस्थितिका आधारमा उक्त क्षेत्रका जनताका जीवनस्तर उकास्न विभिन्न खालका कर्जा सेवा स्वंय तथा युकेएड सक्षमको सहकार्यमा निरन्तर संचालन गर्दै आईरहेको छ ।
बाँके तथा बर्दिया क्षेत्र कृषिमा आधारित ग्रामिण क्षेत्र भएको र यस क्षेत्र आलु जस्ता तरकारीको पकेट क्षेत्र मानिदै आएको छ ।
यस क्षेत्रमा संचालनमा रहेको भेरी शीत भण्डार सहकारी संस्थामा आबद्ध कृषकलाई मध्यनजर राख्दै कृषि उपज भण्डारण गरेको रसिद धितोमा राखी कर्जा प्रदान गर्न लागिएको प्रभु बैंक कोहलपुर शाखाका शाखा प्रबन्धक बिकेश कुमार श्रेष्ठले बताए ।