निर्माण व्यवसायी ऋषिकेश गौली पक्राउ

546
Shares

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सार्वजनिक खरिदसम्बन्धी ‘ई–गभर्मेन्ट प्रोक्योरमेन्ट’ प्रणालीमा अनाधिकृत पहुँच बनाएको आरोपमा निर्माण व्यवसायी ऋषिकेश गौलीलाई पक्राउ गरेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले सञ्चालन गर्दै आएको प्रणालीमा ह्याक गरी ठेक्काको आर्थिक प्रस्ताव खोल्नु अघि नै सम्बन्धित कागजातमा फेरबदल गरिएको उजुरीका आधारमा गौलीलाई नियन्त्रणमा लिइएको ब्यूरोले जनाएको छ ।

पक्राउ परेका गौली आशिष निर्माण सेवा प्रालिका सञ्चालक हुन् । उनलाई बुधबार काठमाडौँको पुरानो बानेश्वर क्षेत्रबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार गौलीमाथि संगठित अपराध नियन्त्रण ऐनअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ।

उक्त प्रकरणमा हालसम्म १० जना निर्माण व्यवसायीसमेत गरी कुल १३ जना शंकास्पद व्यक्तिलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको ब्यूरोले जनाएको छ । यो प्रकरणमा राप्रपाका पूर्वसांसद एवं पूर्वमन्त्री विक्रम पाण्डेसहित पक्राउ परेका छन्।