सांग्रिलाको बिक्री नभएको हकप्रद सेयर लिलामीमा



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले बिक्री नभएको हकप्रद सेयर लिलामीमा राखेको छ ।

बैंकले ३ लाख ९२ हजार ७७२ कित्ता संस्थापक सेयर र ५ लाख ९ हजार २७५ कित्ता साधारण सेयर लिलामीमा राखेको हो ।

बैंकको सेयर लिलामीबाट खरिद गर्नको लागि शिलबन्दी बोलपत्र यहीँ चैत्र १३ गते देखि २० गते सम्म पेश गर्नुपर्ने छ ।

आवेदन प्रभु क्यापिटल कमलादी , सांग्रीला डेभलपमेण्टको केन्द्रीय कार्यालय बालुवाटार तथा शाखा कार्यालयहरु पोखरा , बुटवल , नारायणगढ , नेपालगंञ्ज , सुर्खेत , अत्तरिया , घोराही तथा प्रभु बैंकको शाखा कार्यालय विराटनगर , विरगंज र धनगढी मार्फत दिन सकिन्छ ।


क्लिकमान्डु