
काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शन सहितको किङलङ १६ सिटर इलेक्ट्रिक भ्यान औपचारिक रूपमा सार्वजनिक गरेको छ।
यस नयाँ मोडेलले नेपालको व्यवसायिक विद्युतीय सवारी क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।
नयाँ किङलङ १६ सिटर ७२लाख ५० हजार रुपैयाँ पर्ने यो गाडी यातायात व्यवसायी र फ्लीट अपरेटरहरूका लागि आकर्षक विकल्पका रुपमा रहने बताइएको छ ।
यस १६ सिटर भ्यानको मुख्य विशेषता यसको ७५.४१ केडब्ल्युएच ब्लेड ब्याट्री हो, जुन यस सेग्मेन्टमै पहिलो हो । यो ब्याट्रीले उच्च सुरक्षा, लामो आयु र उत्कृष्ट रेंज प्रदान गर्दै दैनिक सञ्चालनलाई अझ विश्वसनीय बनाउने कम्पनीको भनाइ छ ।
यससँगै १२० किलोवाटको शक्तिशाली मोटरले सशक्त परफर्मेन्स सुनिश्चित गर्छ भने आरामदायी र फराकिलो इन्टेरियरले यात्रुहरूको यात्रा अनुभवलाई अझ सहज र सुखद बनाउँछ।
किङलङ सन् १९८८ मा चीनको सियामेनमा स्थापना भएको बस तथा कमर्शियल भेहिकल निर्माता कम्पनी हो। तीन दशकभन्दा लामो अनुभवसहित कम्पनीले बस, कोच र कमर्शियल भ्यान निर्माणमा विश्व बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै आएको छ।
सीजी मोटर्सका अनुसार यो सवारी नेपालमा बढ्दो इको–फ्रेन्डली, सुरक्षित, उच्च क्षमता र किफायती यातायात समाधानको आवश्यकतालाई ध्यानमा राखेर ल्याइएको हो।
नेपालभर किङलङले हालसम्म ५ हजारभन्दा बढी युनिट गाडी बिक्री गरिसकेको छ । यस्तै २६० भन्दा बढी चार्जिङ स्टेशन, २० भन्दा बढी सर्भिस स्टेशन र १४ डिलर नेटवर्कमार्फत ग्राहकहरूलाई सेवा दिँदै आएको कम्पनीले जनाएको छ।





प्रतिक्रिया