
काठमाडौं । नेपाली बजारमा छोटो समयमै उपभोक्ताको विश्वास जित्न सफल बर्ली होम एप्लायन्सेसले तीन नयाँ कमर्सियल एयर कूलर सार्वजनिक गरेको छ।
नेपालका लागि आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्समार्फत ठूला व्यावसायिक क्षेत्रका लागि शक्तिशाली कूलिङ बजारमा ल्याइएको हो । कम्पनीले सार्वजनिक गरेका नयाँ मोडलहरूमा मेगाकूल ४डब्ल्यूएस-१३५ लि, वाइन्ड कमान्डर ३एस-१२० लि र मेगाकूल ४डब्ल्यूएस-१०० लि रहेका छन् ।
गत वर्ष एकैपटक १७ वटा एयर कूलर मोडल बजारमा ल्याएर चर्चा कमाएको बर्लीले हालै एलीगेन्स र एलिसिया सिरिजका ६ आधुनिक गिजर सार्वजनिक गरेको थियो ।
कम्पनीले सार्वजनिक गरेको कूलरमध्ये मेगाकूल ४डब्ल्यूएस-१३५ लिटर सबैभन्दा शक्तिशाली मोडलका रूपमा प्रस्तुत गरिएको छ, जसमा १३५ लिटर क्षमताको पानी ट्याङ्की, ९००० घनमिटर प्रतिघण्टा हावा प्रवाह क्षमता तथा २० इन्चको हाई पर्फर्मेन्स ब्लेड जडान गरिएको छ ।
त्यस्तै वाइन्ड कमान्डर ३एस-१२० लिमा १२० लिटर पानी क्षमता र ७५०० घनमिटर प्रतिघण्टा हावा प्रवाहको क्षमता रहेको छ भने मेगाकूल ४डब्ल्यूएस-१०० लिलाई किफायती र प्रभावकारी विकल्पका रूपमा प्रस्तुत गरिएको कम्पनीले जनाएको छ । यसम १७ इन्चको ‘प्लास्टिक हाई पर्फर्मेन्स’ ब्लेड र इनभर्टर अनुकूल संरचना दिइएको छ ।
यी कूलरहरू बैंक, अफिस, रेस्टुरेन्ट, शोरुम, पार्टी प्यालेस तथा जिमजस्ता धेरै मानिसको आवतजावत हुने स्थानका लागि उपयोगी हुने कम्पनीले जनाएको छ ।
यी नयाँ कमर्सियल कूलरहरूको मुख्य विशेषता चौतर्फी कुलिङ प्रविधि हो। यस प्रविधिले हावालाई दायाँ–बायाँ मात्र नभई माथि–तलसमेत समान रूपमा प्रवाह गर्ने भएकाले ठूलो कोठा वा सबै कुनासम्म शीतलता पुग्ने कम्पनीको दाबी छ ।
विशेषगरी धेरै मानिस हुने व्यावसायिक स्थानमा एकनासको चिसोपन कायम राख्न यो प्रणाली प्रभावकारी हुने बताइएको छ । साथै हनीकोम्ब कुलिङ प्याड, अटो–फिल प्रणाली, शक–प्रुफ बडी र सहज रूपमा सार्न मिल्ने कास्टर ह्विलजस्ता सुविधा पनि समावेश गरिएको छ ।
गत वर्ष एकैपटक १७ वटा एयर कूलर मोडल बजारमा ल्याएर चर्चा कमाएको बर्लीले हालै एलीगेन्स र एलिसिया सिरिजका ६ आधुनिक गिजर सार्वजनिक गरेको थियो ।
सीजी इलेक्ट्रोनिक्सका अनुसार बर्लीको सफलता केवल उत्पादनको संख्यामा सीमित नभई गुणस्तर र बिक्रीपछिको सेवामा आधारित छ । कम्पनीले देशभर रहेका २१ वटा सीजी डिजिटल शोरुम, आधिकारिक विक्रेता सञ्जाल तथा अनलाइन प्लेटफर्ममार्फत यी उत्पादन उपलब्ध गराउने जनाएको छ । त्यस्तै ४० भन्दा बढी सेवा केन्द्रमार्फत प्राविधिक सहयोग उपलब्ध गराइने भएकाले ग्राहकले भरपर्दो सेवा पाउने कम्पनीको भनाइ छ ।









प्रतिक्रिया