किस्ता नियमित नतिरेपछि स्ट्याण्डर्ड चार्टर्ड बैंकले दियो चेतावनी, निकाल्यो ३५ दिने सूचना

875
Shares

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले ऋणीहरूलाई कर्जा चुक्ता गर्न ऋणीहरूलाई ३५ दिने सूचना जारी गरेको छ । बैंकले आइतबार सूचना जारी गर्दै ऋणीहरूको विवरण समेत सार्वजनिक गरेको छ ।

तोकिएको मितिमा कर्जा नतिरेमा कर्जा सूचना केन्द्रको कालोसूचीमा राख्नका लागि प्रक्रिया अगाडि बढाइने समेत बैंकले चेतावनी दिएको छ ।

जसअनुसार बाँकेको खजुरा गाउँपालिकामा रहेको कक्षपति चामल तथा खाद्यान्न उद्योग प्रालिका सञ्चालक उमा कक्षपति, विज्ञान ट्रेडिङका प्रोपाइटर किस्मत कुमार कक्षपति र व्यक्तिगत जमानतकर्ता विज्ञान कक्षपतिको नाममा ३५ दिनभित्र बैंकको कुनैपनि शाखामा सम्पर्क गरी ऋणको सावाँ, ब्याज, जरिवाना, शुल्क लगायत तिर्नका लागि भनेको छ ।

ऋणीले कर्जा नियमित नतिरेको र तिर्नका लागि पटक पटक लिखित एवम् मौखिक ताकेता गर्दा पनि बेवास्ता गरेकाले बैंकले कालोसूचीमा राख्ने चेतावनी दिएको हो ।