इनड्राइभका ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका बिजेताहरूले पाए ईभी क्याब र ई–स्कुटर

0
Shares

काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका विजेताहरूलाई पुरस्कृत गरेको छ । काठमाडौंमा आयोजित एक विशेष समारोहबीच कम्पनीले विजेताहरूलाई पुरस्कार वितरण गरेको हो ।

ड्राइभर्स पार्टनर्सहरूको उत्साहजनक सहभागिता रहेको यो अभियान गत मार्च २ देखि मार्च २९ सम्म सञ्चालन भएको थियो । चार हप्तासम्म सञ्चालनमा रहेको यो क्याम्पेनमा ड्राइभर्स पार्टनर्सहरूको कार्यसम्पादन तथा सेवा गुणस्तरका आधारमा निरन्तर ‘प्लाटिनम’ स्तर कायम राख्ने चालकहरूलाई सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार, क्याब चालक वर्गतर्फ पेषल बुढाथोकीले टाटा टाटा एक्सप्रेस–टी ईभी, बाइक/मोटो चालकमा साम्देन तामाङ र सरोज खतिवडालाई याडिया भिलक्स प्रदान गरिएको छ ।

साप्ताहिक चुनौतीहरू, आकर्षक पुरस्कार तथा दुई प्रमुख ग्रान्ड पुरस्कारमार्फत अभियानले इनड्राइभका उत्कृष्ट तथा प्रतिबद्ध ड्राइभर्स पार्टनर्सहरूलाई सम्मान गरेको थियो ।
उक्त विजेताहरू चार हप्ताका चुनौती अवधिभर निरन्तर ‘प्लाटिनम’ स्तर कायम राख्दै सबै योग्यता मापदण्ड पूरा गर्ने चालकहरू मध्येबाट छनोट गरिएको कम्पनीले जनाएको छ ।

ग्रान्ड पुरस्कारका अतिरिक्त, अभियानअन्तर्गत थप चालक साझेदारहरूलाई सम्मान गर्न विभिन्न साप्ताहिक पुरस्कारहरू पनि वितरण गरिएको थियो, जसअन्तर्गत १६ जनालाई सामसङ ग्यालेक्सी ए१७ ५जी र ४ जनालाई स्टेकेशन प्याकेज दिइएको थियो ।
क्याब चालक वर्गका विजेता पेषल बुढाथोकीले आफ्‌नो मेहनत र समर्पणलाई मान्यता दिएकोमा खुशी व्यक्त गरे । उनले भने,‘टाटा एक्सप्रेस–टी ईभी प्राप्त गर्नु मेरो लागि ठूलो उपलब्धि हो र यसले आगामी दिनमा अझ राम्रो सेवा दिन प्रेरणा दिएको छ ।’

त्यस्तै, मोटो चालक वर्गका विजेता सरोज खतिवडाले भने,‘यो पुरस्कार जित्नु मेरो लागि गर्वको विषय हो। अभियानले मलाई अझ राम्रो प्रदर्शन गर्न र सेवा स्तर कायम राख्न प्रेरित गर्‍यो ।’

इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन स्पेसलिस्ट सुनीता जीमी राईले विजेताहरूलाई बधाई दिँदै ड्राइभर्स पार्टनर्सहरू नै इनड्राइभको सफलताको मुख्य आधार भएको बताइन् । उनले भनिन्,‘उहाँहरूको समर्पणलाई सम्मान गर्ने उद्देश्यले ‘प्लाटिनम ड्राइभर गिभअवे’ अभियान सञ्चालन गरिएको हो ।’

यस पहलले चालकहरूको जीवनमा सकारात्मक प्रभाव पार्दै उनीहरूको आयआर्जनमा सहयोग पुगेको देख्दा कम्पनी उत्साहित भएको राईको भनाइ छ ।

साथै, बढ्दो सञ्चालन खर्चलाई मध्यनजर गर्दै अप्रिल १५ देखि लागू हुनेगरी २७ लाख रुपैयाँ बराबरको इन्धन सहयोग कार्यक्रम पनि सञ्चालनमा ल्याइएको उनले बताइन् । चालकहरूको सक्रियता र कार्यसम्पादनका आधारमा वितरण गरिएको उक्त सहयोगले प्लेटफर्ममा निर्भर चालकहरूलाई लक्षित आर्थिक राहत प्रदान गर्ने उनको भनाइ छ ।