एनआइसी एशिया बैंकद्धारा मलेसियाबाट इनवार्ड रेमिटेन्स सुरु


काठमाडौं । एनआइसी एशिया बैंकले म्याक्स मनी मलेसियाकोसँगको सहकार्यमा मलेसियाबाट इनवार्ड रेमिटेन्सको सुरुवात गर्न लागेको छ ।

बैंकले यस सम्बन्धमा म्याक्स मनि मलेसियासँग सम्झौता गरेको छ । राष्ट्र बैंकले फागुन २७ गते स्वीकृति दिएपछि मलेसियाबाट इनवार्ड रेमिटेन्स सुरु गर्न लागेको हो ।

उक्त सम्झौता अनुसार म्याक्स मनीको मलेसियामा अवस्थित २१ वटा शाखाहरुबाट नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी एन आइ सी एशिया रेमिट मार्फत पठाएको विप्रेषण रकम यस बैंकका मुलुकभर फैलिएको १८४ वटा शाखाहरु र ४,६०० भन्दा बढि सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने बैंकले जनाएको छ ।

Skip This