नेपाल–भारत सीमामा लगाइएको भन्सार कर नीति खारेज गर्न माग गर्दै प्रदर्शन


काठमाडौं । नेपाल–भारत सीमामा लागू गरिएको १०० रुपैयाँ भन्दा माथिको भन्सार कर नीति तत्काल खारेज गर्न माग गर्दै विरोध प्रदर्शन भएको छ ।

शनिबार युथ फर ट्रुथले माइतीघर मण्डलामा प्रदर्शन गरेका हो । उनीहरुले महँगी सहिंदैन, कर बढी चाहिंदैन, महँगी घटाउ राहत दिलाउजस्ता नारासहितको प्लेकार्ड सहित प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीले सीमामा लगाइएको सो प्रावधान तत्काल खारेज गर्न माग गरेका छन् ।