
धनगढी । कैलालीको चुरे गाउँपालिकामा एउटा सानो गल्तीले एकै परिवारका दुई नाबालकको ज्यान लिएको छ।
मरेको बोइलर कुखुराको मासु खाँदा चुरे गाउँपालिका–३, भक्तपुरका ५ वर्षीय दीपक ताम्राकार र उनका ८ वर्षीय दाजु भीम ताम्राकारको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको छ।
बिहीबार मरेको कुखुरा पकाएर खाएको ताम्राकार परिवारमा शुक्रबारदेखि रुवाबासी सुरु भएको हो।
मासु खाएका कारण २८ वर्षीया आमा राधिका र ३ वर्षीय भाइ दिपेश पनि गम्भीर बिरामी परेका छन्। उनीहरूको अस्पतालमा उपचार भइरहेको छ ।
स्थानीय ‘विकास पोल्ट्री फार्म’ बाट मरेको कुखुरा किनेर किनेर खाएका थिए ।








प्रतिक्रिया