डाइजेस्टिभ नट बिस्कुटमा रौं भेटियो, सरकारले गर्यो २ लाख रुपैयाँ जरिवाना


काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सुनसरीको दुहवीस्थित एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्राइभेट लिमिटेडसँग दुई लाख रुपैयाँ जरिवाना गराएको छ ।

विभागकी प्रवक्ता डा.बालकुमारी शर्माका अनुसार उक्त उद्योगबाट उत्पादित डाइजेस्टिभ नट नामको बिस्कुटमा रौं परेको भन्ने उजुरी प्राप्त भएको थियो ।

उजुरीको आधारमा उद्योगको कारखानामा अनुगमन गरिएको थियो । विभागले उपभोक्ता संरक्षण ऐनअनुसार दुई लाख रुपैयाँ जरिवाना गराएको जनाएको छ ।