
विराटनगर । मानव तथा सामाजिक कार्य गर्दै आएको विराटनगरस्थित मारवाडी सेवा सदनले आफ्नो रजत जयन्ती मनाएको छ।
रजत जयन्तीका अवसरमा सदनले विवाह, ब्रतबन्ध लगायत विभिन्न धार्मिक तथा सामाजिक कार्यक्रमका लागि प्रयोग हुने ‘रजत मण्डप’ करिब ६० लाख रुपैयाँको लागतमा निर्माण गरेको छ ।
मण्डपको उद्घाटन कोशी प्रदेश प्रमुख परशुराम खापुङले गरेका छन् । उक्त अवसरमा खापुङले रजत जयन्ती स्मारिका पनि विमोचन गरेका थिए ।
कार्यक्रममा मारवाडी सेवा सदनका संस्थापक तथा पूर्वअध्यक्षहरूलाई सम्मान गरिएको थियो । संस्थापक अध्यक्ष देवेन्द्र राजगढिया तथा पूर्वअध्यक्षहरू सुरेशकुमार शर्मा, ताराचन खेतान र देवकीनन्दन अग्रवाललाई सम्मान गरिएको थियो ।
त्यसैगरी स्वर्गीय महावीर तोदी, स्वर्गीय जगदीश राठी तथा संस्थापक महेन्द्र गोल्छालाई मरणोपरान्त सम्मान गरिएको थियो ।
यस्तै, संस्थापक सदस्यहरू खेमचन्द जैन, नन्दकिशोर राठी र महेश सिंघानियालाई पनि सम्मान गरिएको थियो ।
रजत मण्डप निर्माण भएसँगै अब विवाह, ब्रतबन्ध तथा विभिन्न सभा र धार्मिक कार्यक्रम सञ्चालन गर्न त्रिपाल टाँग्नुपर्ने बाध्यता हटेको सदनका अध्यक्ष नन्दकिशोर राठीले बताएका छन् ।










प्रतिक्रिया