उपसभामुखमा श्रम संस्कृतिकी उम्मेदवार रुबी कुमारीलाई रास्वपाको समर्थन

196
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख पदमा श्रम संस्कृति पार्टीका उमेदवारलाई समर्थन गर्ने भएको छ ।

शुक्रबार हुने उपसभामुखको निर्वाचनमा रास्वपाले श्रम संस्कृतिका उमेदवार रुबीकुमारी ठाकुरलाई समर्थन गर्ने पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।

प्रस्तावक आरेन राई र समर्थकमा अशोककुमार चौधरी छन् ।

उपसभामुख पदमा राप्रपाले पनि उम्मेदवारी दिएको छ । राप्रपाले सरस्वती लामालाई उम्मेदवार बनाएको छ । लामाको प्रस्तावकमा राप्रपा दलका नेता ज्ञानेन्द्र शाही छन् । समर्थकमा ताहिर अली, खुश्बु ओली र भरत गिरी छन् । यसअघि रास्वपाले आफूहरूलाई उपसभामुखमा समर्थन गर्ने राप्रपा नेताहरूले जनाएका थिए ।

Skip This