
काठमाडौं । जेनजी आन्दोलनबाट क्षति पुगेपछि बन्द भएको भाटभटेनी सुपरस्टोरको चितवनस्थित भरतपुरको सुपरमार्केट शुक्रबारदेखि सञ्चालनमा आउने भएको छ । जेनजी आन्दोलनबाट क्षति पुगेपछि बन्द भएका भाटभटेनीका गोदाम र सुपर स्टोरहरु पुन: सञ्चालनमा आइरहेका छन् ।
यस अघि बालुवाटारको गोदाम, कोटेश्वर र महाराजगन्जलाई सञ्चालनमा ल्याइसकेको भाटभटेनीले शुक्रबार चितवनको सञ्चालनमा आउने र त्यसपछि वैशाखमै पोखराको भाटभटेनी पनि सञ्चालनमा ल्याउने जानकारी दिएको छ ।
शुक्रबारदेखि सञ्चालनमा आउने चितवनको उक्त स्टोरले सोही दिनदेखि दैनिक रूपमा बिहान १० बजे देखि नियमित सेवा प्रदान गर्ने भएको छ ।
ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता यथावत् रहेको समेत भाटभटेनीले जनाएको छ ।










प्रतिक्रिया