फिस टेल लज पोखरा र अनुपूर्ण जगतपुर लज तथा प्रभु बैंकबीच विशेष छुट सम्झौता

49
Shares

काठमाडौं । पोखराको लेकसाइड स्थित फिस टेल लज पोखरा र अनुपूर्ण जगतपुर लज तथा प्रभु बैंक लिमिटेडबीच विशेष छुट सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

बुधबार आयोजित कार्यक्रममा बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर दीपेन्द्र बाबु बिष्ट र लजका तर्फबाट बिक्री तथा मार्केटिङ क्लस्टर निर्देशक सनीस महर्जनले सम्झौतापत्रमा हस्ताक्षर गरी आदानप्रदान गरेका हुन् ।

सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले लजबाट प्रदान गरिने सेवा तथा सुविधामा विशेष छुट पाउनेछन् । उक्त सुविधा प्राप्त गर्न ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा अन्य कुनै विद्युतीय माध्यममार्फत भुक्तानी गर्नुपर्नेछ ।

लजमार्फत उपलब्ध आवास सेवामा विशेष संस्थागत छुटका साथै खाना तथा पेय पदार्थमा १० देखि १५ प्रतिशतसम्म छुट प्रदान गरिने जनाइएको छ ।

प्रभु बैंकले नेपालभर रहेका ३१२ शाखा, २८५ एटीएम तथा ६८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकलाई ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नारासहित बैंकिङ तथा वित्तीय सेवा प्रदान गर्दै आएको छ ।