कानुन व्यवसायीहरूले सिंहदरबार प्रवेश गर्न अब गेट पास लिनु पर्ने

126
Shares

काठमाडौं । अबदेखि कानुन व्यवसायीहरूले सिंहदरबार प्रवेशका लागि अनिवार्य रूपमा नागरिक एपबाट ‘गेट पास’ लिनुपर्ने भएको छ ।

यसअघि नेपाल बार काउन्सिलको परिचय पत्रका आधारमा प्रवेश पाउँदै आएका उनीहरूलाई बालेन्द्र शाह नेतृत्वको सरकारले सिंहदरबार प्रवेशमा कडाइ गरेको हो ।

प्रशासकीय अदालतका रजिष्ट्रार सरोजराज रेग्मीले जारी गरेको सूचना अनुसार, अदालतका कर्मचारीलाई परिचय पत्र, मुद्दाका पक्ष वा वारेसलाई तारेख पर्चा र कानुन व्यवसायीलाई नागरिक एपको पासका आधारमा मात्र प्रवेश दिइनेछ । यो नयाँ नियमप्रति कानुन व्यवसायीहरूले भने असन्तुष्टि व्यक्त गरेका छन् ।

नेपाल बार एशोसिएशनले भने कानुन व्यवसायीलाई परिचय पत्रबाटै सिंहदरबार प्रवेशको व्यवस्थाका लागि सहजीकरण गरिदिन प्रधानमन्त्री बालेन शाहको ध्यानाकर्षण गराएको छ।