
काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि डेटा प्याकेज सम्बन्धी नयाँ सुधार लागू गरेको छ । अब ग्राहकले खरिद गरेको डेटा प्याकेज समाप्त हुनुअघि नै सूचना प्राप्त गर्ने व्यवस्था गरिएको छ।
टेलिकमका अनुसार, ग्राहकले आफ्नो डेटा प्याकेजको ९० प्रतिशत खपत गरिसकेपछि म्यासेज वा मोबाइल एपमार्फत नोटिफिकेशन पठाइनेछ । यसले प्रयोगकर्तालाई समयमै प्याकेज नवीकरण गर्न सजिलो बनाउने अपेक्षा गरिएको छ।
त्यसैगरी, ग्राहकको आवश्यकताअनुसार पे-एज-यू-गो प्रणाली पनि प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । यस सुविधा चलाउन वा बन्द गर्नका लागि *444# डायल गर्न सकिने व्यवस्था गरिएको टेलिकमले जनाएको छ।
*444# डायल गरि इनेबल गर्दा इन्टरनेट निरन्तर चल्छ ब्यालेन्स काटिन्छ र डिसेबल गर्दा प्याकेज सकिएपछि इन्टरनेट रोकिन्छ।











प्रतिक्रिया