
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मध्याह्न १२:३० बजेका लागि बैठक बोलाइएको हो ।
यो बैठक आकस्मिक रुपमा बोलाइएको हो ।
गृहमन्त्री सुधन गुरुङ बिहान काभ्रेस्थित रोशी खोला भ्रमणमा जाने तयारीमा थिए । तर, मन्त्रिपरिषद्को बैठक आकस्मिक रुपमा राखिएपछि गृहमन्त्री गुरुङ रोकिएका छन् । बैठक सकिएपछि उनी काभ्रे जाने बताइएको छ ।
यसअघि सोमबार र बहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गरेकोमा बालेन नेतृत्वमा सरकार गठन भएसँगै फरक-फरक बारमा बतिरहेको छ।










प्रतिक्रिया