
सुर्खेत । महिन्द्राको पिक-अप तथा कमर्सियल युटिलिटि गाडीहरूको नेपालमा आधिकारिक वितरक, अग्नि ग्रुपअन्तर्गत अग्नि इन्करपोरेटेड प्राइभेट लिमिटेडले नेपालकै पहिलो र एकमात्र २-टन भार क्षमता भएको पिक-अप ‘महिन्द्रा बोलेरो म्याक्स पिक-अप’ सुर्खेतमा सार्वजनिक गरेको छ ।
चैत २० गते विशेष सार्वजनिकिकरण समारोह मार्फत नयाँ पिक-अप सार्वजनिक गरिएको हो ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका – १२, पदमपुरस्थित महिन्द्रा सोरुममा सम्पन्न समारोहमा प्रमुख अतिथि भिजिट कर्णालि यातायात प्रालिका अध्यक्ष प्रकाश कुमार शाही, महिन्द्रा एन्ड महिन्द्रा इन्डियाका कन्ट्रि मेनेजर महेश ठकुरी, अग्नि ग्रुपका पिक-अप प्रोडक्ट हेड रोशन श्रेष्ठ, अग्नि ग्रुपका एसयुभि मेनेजर गोकुल खरेल, अग्नि ग्रुपका महिन्द्रा सोरुम सुर्खेत शाखाका सोरुम मेनेजर जय सिंह साउद, तथा स्थानीय ग्राहकवर्ग र सञ्चार प्रतिनिधिहरूको उपस्थितिरहेको थियो ।
क्षेत्रीय बजारहरूमा सार्वजनिक गर्दै नेपालका अन्य मुख्य व्यापारिक सहरहरूमा पनि लगत्तै गाडी सार्वजनिक गरिने योजना रहेको कम्पनीले जनाएको छ ।
भार क्षमता (पेलोड), इन्धन इफिसियन्सि, सुरक्षा र समग्र ड्राइभिङ अनुभवमा नयाँ मापदण्ड कायम गर्दै, बोलेरो म्याक्स पिक-अपले नेपाली बजारको सब-२- कमर्सियल गाडीको सेगमेन्टमा महिन्द्राको नेतृत्वदायी स्थानलाई अझ सुदृढ गर्ने विश्वास लिएको छ ।
नेपालमा ग्राहकहरूको लागि यो पिक-अपको दुई हेभी-ड्युटी भेरियन्टहरू – एचडी १.७ एलएक्स र एचडी 2.0 एलएसएक्सआई उपलब्ध छ । एचडी १.७ एलएक्स भेरियन्टको विशेष लन्जिङ मूल्य २९ लाख ९५ हजार (२९,९५,०००) बाट सुरु हुन्छ भने एचडी २.०एल एसएक्सआईको मूल्य रू. ३२ लाख ९५ हजार (३२,९५,०००) बाट सुरु हुन्छ ।
यी भेरियन्टहरू सामान्य ढुवानीदेखि इन्टरसिटि ढुवानीका लागि उपयुक्त छन् । नेपालको उबडखाबड र पहाडी सडकहरूमा यात्रा गर्नका लागि यी गाडीहरू ‘साना कमर्सियल गाडी’को सेगमेन्टमा उत्कृष्ट रोजाइ रहेका छन् ।
“बोलेरो म्याक्सले एक उच्चस्तरको सक्षम, भरपर्दो, सुरक्षित, कार्यकुशल र बहुउपयोगी पिक-अपको रूपमा आफ्नो पहिचान स्थापित गरेको छ ।
यी गुणहरूसहित कम सञ्चालन खर्चका कारण यो पिक-अप चालक तथा व्यवसायीहरूका बीच लोकप्रिय गाडी रहेको छ ।
युटिलिटिसँगै सुरक्षा र आरामलाई समेत विशेष ध्यान दिएर डिजाइन गरिएको यस गाडीले साना कमर्सियल गाडीको बजारमा नयाँ आयाम थपेको छ । यो पिक-अप नेपालको बढ्दो लजिस्टिक्स आवश्यकताका लागि निकै उपयुक्त पिक-अप रहेको छ र हामी विश्वस्त छौँ कि यसले नेपाली बजारमा महिन्द्राको अग्रस्थान कायम राख्नेछ ,” ब्रान्ड प्रतिनिधिले भने ।
कम्पनिका अनुसार, “बोलेरो म्याक्स पिक-अप सार्वजनिक गरिरहँदा हामी निकै उत्साहित छौँ । यसको विशेषताहरूको कारण यो पिक-अप भारतीय बजारमा अत्यधिक लोकप्रिय भइसकेकै छ । यसको मजबुती र बहुआयामिक क्षमता भौगोलिक रूपमा विविधताले भरिएका सडकहरूका लागि झनै उपयोगी हुनेछ । र यसले साना कमर्सियल गाडी (‘एस-सि-भि’) सेगमेन्टमा नयाँ मापदण्ड थप्नेछ भन्ने विश्वास हामी राख्दछौँ ।”
बोलेरो म्याक्स पिक-अपले नेपाली पिक-अप सेगमेन्टमा एउटा नयाँ आयाम थप्ने विश्वास लिएको छ । बोलेरो म्याक्स पूर्ण रूपमा नयाँ प्लेटफर्ममा निर्माण गरिएको पिक-अप हो । यद्यपि यसले बोलेरोको डिएनएसँग जोडिएका मुख्य विशेषताहरू जस्तै मजबुती, विश्वसनीयता, कम मेन्टेनेन्स खर्च र उच्च रिसेल भ्यालुलाई आत्मसात गरेको छ । साथै, यसले सरल र सदाबहार देखिने बोलेरोको डिजाइनलाई पनि कायम राखेको छ ।
डिजेल र सिएनजि दुवै विकल्पमा उपलब्ध रहेको यो पिक-अपमा महिन्द्राको अत्याधुनिक एमटुडिआइ इन्जिन रहेको छ । यसको भार क्षमता १.७ देखि २ टनसम्म रहेको छ भने कार्गोबेड (ढाला) को लम्बाई १० फिट (वा ३०५० मिमि) सम्म रहेको छ । बोलेरो म्याक्स पिक-अपले उत्कृष्ट आरामसँगै सुरक्षालाई प्राथमिकता दिन्छ । यसको फराकिलो ‘ह्विल ट्र्याक’ले गाडीलाई थप सन्तुलन प्रदान गर्छ र ह्यान्डल गर्न अझ सजिलो बनाउँदछ । यसको ‘सिङ्गल-पिस बडि साइड आउटर’ (बिएसओ) ले गाडीको संरचनालाई थप मजबुत, अडिग र दमदार बनाउँदछ भने ‘हाइ-स्ट्रेन्थ लो-एलोय’ पार्टपुर्जाहरूको प्रयोगले यसको टिकाउपन सुनिश्चित गर्दछ ।
बोलेरो म्याक्स पिक-अप एचडि २.० एल
• श्रेणीमै पहिलो १० फिट (३०५० मिलिमिटर) लामो ढाला (कार्गो बेड) र २-टन भार क्षमता सहित पिक-अपमा लोड बोक्ने क्षमताको हिसाबले ‘सेगमेन्ट-लिडर’
• मजबुत च्यासिस र बलियो बडि संरचना ।
• श्रेणीमा उत्कृष्ट (7R16) टायर जसले स्थिरता प्रदान गराउँछ र लोडको बेला वेयर एन्ड टेयर कम हुन्छ ।
• निर्माण क्षेत्र, कृषि र मत्स्यपालन जस्ता कठीन से कठीन ‘हेभि-ड्युटि’ ढुवानी कार्यका लागि उपयुक्त ।
बोलेरो म्याक्स पिक-अप एचडि १.७ (Bolero MaXX Pik-Up HD 1.7)
• फलफूल तथा तरकारी ओसारपसार वा अन्य गह्रौँ लोडको इन्टरसिटि ढुवानीका लागि डिजाइन गरिएको ।
• १.७ टन भार क्षमता र ९ फिट (२७६५ एमएम) लामो कार्गो विकल्प ।
• श्रेणीमा उत्कृष्ट (7R15) टायर ।
अग्नि इन्कर्पोरेटेड प्रा.लि.को बारेमा
अग्नि इन्कर्पोरेटेड प्राइभेट लिमिटेड, नेपालका लागि महिन्द्रा अटोमोबाइल तथा ट्रयाक्टरहरूको आधिकारिक वितरक हो । सन् १९४५ मा स्थापित महिन्द्रा ग्रुप, एक विश्वभर सम्मानित बहुराष्ट्रिय कम्पनीको समूह हो, जसमा १ सय भन्दा बढी देशहरूमा २ लाख ६० हजारभन्दा धेरै कर्मचारी कार्यरत छन् । महिन्द्रा ग्रुप भारतमा कृषि उपकरण, युटिलिटी गाडीहरू, सूचना प्रविधि र वित्तीय सेवाहरूमा अग्रस्थानमा छ, र विक्रीको हिसाबले विश्वकै सबैभन्दा ठूलो ट्र्याक्टर कम्पनी हो । महिन्द्राको उपस्थिति नवीकरणीय ऊर्जा, कृषि, लजिस्टिक्स, हस्पिटालिटि र रियल स्टेट क्षेत्रमा समेत बलियो छ ।








प्रतिक्रिया