भायानेटले ल्यायो अत्याधुनिक वाइफाइ ६: घरको कुना-कुनासम्म तीव्र गति इन्टरनेट

7
Shares

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले इन्टरनेटमा हुने अवरोध, बफरिङ र कमजोर सिग्नल जस्ता समस्यालाई समाधान गर्न अत्याधुनिक ‘वाइफाइ ६’ प्रविधिमा आधारित नयाँ इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ ।

प्रयोगकर्तालाई गतिको नयाँ अनुभव प्रदान गर्दै समग्र कनेक्टिभिटीमा व्यापक सुधार ल्याउने उद्देश्यले यो सेवा बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।

आजको डिजिटल युगमा घरभित्र धेरै उपकरणहरू एकैसाथ चलाउनुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै यो प्रविधि डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

पुरानो प्रविधिको तुलनामा ४ गुणा बढी कार्यक्षमता प्रदान गर्ने भएकाले यसले लेटेन्सीलाई न्युनतम स्तरमा झार्ने कम्पनीले जनाएको छ ।

फलस्वरूप, घरमा एकै समयमा धेरै व्यक्तिले मुभी स्ट्रिमिङ, अनलाइन गेमिङ र अफिसको काम गर्दा पनि कुनै प्राविधिक कठिनाइ महसुस नहुने कम्पनीको भनाइ छ ।

भायानेटले ग्राहकहरूका लागि २५० एमबीपीएसदेखि ६०० एमबीपीएस सम्मका उच्च गतिको ‘वाइफाई सिक्स’ प्याकेजहरू उपलब्ध गराएको छ ।

जसमध्ये २५० एमबीपीएस गतिको वार्षिक योजना मात्र रु. १३,८०० (भ्याट सहित) मा प्राप्त गर्न सकिनेछ। यस आकर्षक अफर अन्तर्गत वार्षिक ग्राहक बन्नेहरूले थप १ महिनाको इन्टरनेट सेवा नि:शुल्क प्राप्त गर्नेछन् ।

साथै, घरभरि समान रूपमा इन्टरनेट सिग्नल पुर्‍याउन कम्पनीले रु. ३,५०० (भ्याट सहित) मा ‘वाइफाइ ६ मेस’ (Mesh) राउटरको विकल्प पनि अघि सारेको छ। साधारण राउटरले बाक्लो भित्ता वा ठुलो क्षेत्रफल भएका घरका सबै भागमा सिग्नल पुर्‍याउन नसक्ने समस्यालाई यस मेस सिस्टमले समाधान गर्नेछ ।

पुराना ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै भायानेटले अपग्रेड प्रक्रियालाई निकै सहज र किफायती बनाएको छ। विद्यमान प्रयोगकर्ताले मात्र रु. ५०० को न्यून शुल्कमा आफ्नो पुरानो राउटरलाई नयाँ वाइफाइ ६ ओएनयूमा परिवर्तन गर्न सक्ने कम्पनीले जनाएको छ । यस सहुलियतले नयाँ पुस्ताको इन्टरनेट प्रविधिमा पहुँच बनाउन सबैलाई सहज हुने कम्पनीको विश्वास छ।