गौतमश्री सहकारीका व्यवस्थापक पक्राउ

882
Shares

काठमाडौं । काठमाडौंको कुलेश्वरस्थित गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका व्यवस्थापक रविन बिष्ट पक्राउ परेका छन् । बचतकर्ताहरूको अर्बौँ रुपैयाँ ठगी गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ४१ वर्षीय बिष्टलाई काठमाडौंबाटै नियन्त्रणमा लिएको हो । पाँचथरको फिदिम नगरपालिका–४ घर भएका बिष्ट लामो समयदेखि उक्त सहकारीको व्यवस्थापकका रूपमा कार्यरत थिए ।

पक्राउ परेका बिष्टलाई थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

गौतमश्री सहकारीले बचतकर्ताहरूको साढे ५ अर्ब रुपैयाँभन्दा बढी रकम ठगी गरेको उजुरी परेको छ । बचतकर्ताहरूले आफ्नो निक्षेप फिर्ता नपाएको भन्दै लामो समयदेखि आन्दोलन र उजुरी गर्दै आएका थिए ।