
काठमाडौं । विश्वकै अग्रणी स्मार्ट होम एप्लायन्स ब्रान्ड माइडियाले नयाँ वर्ष २०८३ को अवसरमा आफ्नो नयाँ ग्राहकमुखी योजना ‘न्यु इयर, न्यु भाइब’ सार्वजनिक गरेको छ । नयाँ वर्षलाई नयाँ ऊर्जा र आधुनिक जीवनशैलीसँग जोड्ने उद्देश्यका साथ कम्पनीले यो आकर्षक अभियान ल्याएको हो ।
यस योजनाअन्तर्गत ग्राहकहरूले माइडियाका घरायसी उपकरणहरूको खरिदमा आकर्षक क्यासब्याक, पक्का उपहार र बम्पर पुरस्कार जित्ने अवसर प्राप्त गर्नेछन् ।
अभियान अवधिभर माइडियाका विभिन्न उत्पादनहरूको खरिदमा ग्राहकले ३७ हजार ७०० रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यसका साथै विभिन्न उत्पादनहरूमा कम्पनीले निश्चित उपहारको पनि व्यवस्था गरेको छ ।
साइड बाइ साइड तथा मल्टि डोर रेफ्रिजेरेटर खरिद गर्दा माइडियाकै इन्डक्सन चुलो, फ्रन्ट लोड वासिङ मेसिनमा ६ केजी एरियल पाउडर, टप लोड वासिङ मेसिन किन्दा २ केजी एरियल पाउडर, सेमि अटोमेटेड वासिङ मेसिन किन्दा १ केजी एरियल पाउडर, डिसवासर किन्दा २ थान डिशवासर ट्याब्लेट र माइक्रोवेभ ओभन किन्दा कुकिङ किट उपहार पाइनेछ ।
यस अभियानको मुख्य आकर्षणको रूपमा बम्पर लक्की ड्र रहेको छ । जसअन्तर्गत एक जना भाग्यशाली ग्राहकले माइडियाको मल्टिडोर रेफ्रिजेरेटर जित्न सक्नेछन् । यसमा सहभागी हुनका लागि ग्राहकले उपलब्ध क्यूआर कोड स्क्यान गरी आफ्नो विवरण दर्ता गर्नुपर्ने कम्पनीले जनाएको छ ।
माइडिया अन्तर्राष्ट्रिय बजारमा ‘विश्वको नम्बर १ स्मार्ट होम एप्लायन्स ब्रान्ड’ का रूपमा स्थापित छ । नवीन प्रविधि र ऊर्जा बचत गर्ने विशेषताका कारण यसका रेफ्रिजेरेटर, वासिङ मेसिन र माइक्रोवेभ ओभनहरू विश्वभर लोकप्रिय छन् ।
नेपालमा माइडिया ब्रान्डका उत्पादनहरू सिजी इलेक्ट्रोनिक्सले आधिकारिक रूपमा वितरण गर्दै आएको छ । देशभर रहेका सिजीका शोरुम र डिलर नेटवर्कमार्फत यी उत्पादनहरू सहजै उपलब्ध छन् ।








प्रतिक्रिया