स्ट्याण्डर्ड चार्टर्ड बैंकको स्वतन्त्र सञ्चालकमा जनक शर्मा पौड्याल नियुक्त

686
Shares

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको रिक्त स्वतन्त्र सञ्चालक पदमा जनक शर्मा पौड्याल नियुक्त भएका छन् । बैंकको चैत १८मा बसेको ४८५औं सञ्चालक समितिको बैठकले पौड्याललाई स्वतन्त्र सञ्चालकको रूपमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सञ्चालक समितिको निर्णय अनुसार पौड्यालले बैंकको ‘बोर्ड रिस्क कमिटी’को अध्यक्षको जिम्मेवारी समेत सम्हाल्नेछन् । पौड्याल बैंकका निवर्तमान स्वतन्त्र सञ्चालक सिद्धान्त राज पाण्डेको स्थानमा नियुक्त भएका हुन् ।

पौड्याल बैंकिङ क्षेत्रमा लामो अनुभव र दख्खल राख्ने व्यक्तिका रूपमा परिचित छन् ।