
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यवसायी दिपक भट्टसँग आफ्नो नाम जोडिएर आएको समाचारको खण्डन गरेको छ । कम्पनीले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त समाचारमा कुनै सत्यता नभएको बताएको हो ।
हिमालयन रिइन्स्योरेन्स कम्पनीका आधारभूत शेयरधनी दिपक भट्टले नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनीबाट ३७ करोड रुपैयाँ दुरुपयोग गरी धितोपत्र दलाल नं. ५५ (भृकुटी स्टक ब्रोकर) मार्फत नेपाल रिइन्स्योरेन्स लगायतका कम्पनीको सेयर खरिद गरेको भन्ने समाचार प्रकाशित भएका थिए ।
उक्त समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कम्पनीले भनेको छ, ‘यस कम्पनीको उल्लेख गरिए अनुरुप दिपक भट्ट वा धितोपत्र दलाल नं. ५५ सँग यस विषयमा कुनै संलग्नता नभएको र कुनै कारोबार समेत नगरेको सम्बन्धित सबैमा जानकारी गराउँदछौँ ।’
नेपाल लाइफ इन्स्योरेन्सले आफू सधैं प्रचलित कानुन, नियामक निकाय (नेपाल बीमा प्राधिकरण) को मापदण्ड र संस्थागत सुशासनका सिद्धान्तहरूको पूर्ण पालना गर्दै व्यवसाय सञ्चालन गरिरहेको दाबी गरेको छ ।








प्रतिक्रिया