इटालियन प्रिमियम बाइक ‘मोर्बिडेली’ नेपाली बजारमा, मूल्य ९ लाख ७० हजारदेखि ४५ लाखसम्म

0
Shares

काठमाडौं । इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेली नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गरिएको छ । मोर्बिडेलीका विभिन्न भेरियन्टहरू नेपाली बजारमा सार्वजनिक गराइएको हो ।

‘मोर्बिडेली’ बाइकको मूल्य मोडेल अनुसार फरक–फरक रहेको कम्पनीले जनाएको छ । मोर्बिडेली टी५०२एक्सको मूल्य १३ लाख ४९ हजार रुपैयाँ राखिएको छ । यसैगरी एफ३५२ र टी३५२एक्सको मूल्य ९ लाख ९६ हजार ९०० रुपैयाँ तथा टी१००२भीएक्सको मूल्य ४४ लाख ९९ हजार ९०० रुपैयाँ र सी२५२भीको मूल्य ९ लाख ६९ हजार ९०० रुपैयाँ तोकिएको छ ।

साथै, काठमाडौंको नक्सालमा नयाँ शोरूम सञ्चालनमा आएको छ, जहाँ ग्राहकहरूले प्रिमियम मोटरसाइकलको अनुभव लिन सक्नेछन् ।

ग्राहक सेवालाई ध्यानमा राख्दै कम्पनीले हाल तिनकुनेमा सर्भिस सेन्टर सुविधा प्रदान गरिरहेको छ भने निकट भविष्यमा उत्तरढोकामा थप सर्भिस सेन्टर विस्तार गर्ने योजना रहेको छ ।

प्रिमियम डिजाइन, शक्तिशाली इन्जिन र रेसिङ हेरिटेजका लागि परिचित मोर्बिडेलीले नेपाली बजारमा उच्चस्तरीय राइडिङ अनुभव प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।

करिब पाँच दशक लामो व्यावसायिक अनुभव बोकेको वैद्य अर्गनाइजेशनले नेपालमा अटोमोबाइल क्षेत्रमा विश्वासिलो ब्रान्ड निर्माण गर्दै आएको छ । यसअघि समूहले प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड एथरलाई नेपाली बजारमा भित्र्याएर उल्लेखनीय सफलता हासिल गरिसकेको छ ।