संसद्को पहिलो बैठक (LIVE)

84
Shares

काठमाडौं । फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनपछि पहिलो पटक आज संसद बैठक बस्दै छ । उक्त निर्वाचन राष्ट्रिय स्वतन्त्र पार्टीले करिब २ तिहाइ सिटमा जित हात पारेको छ ।

आज संसदमा सत्तारुढ दल रास्वपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, प्रतिपक्षी दलहरु एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाका सांसदहरुले सम्बोधन गर्ने छन् ।

आजको संसदमा बोल्नेहरू

राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछानेले बोल्ने पाएको ४० मिनेटमा २५ मिनेट भए हुन्छ भनेकोले २५ मिनेट समय निर्धारण गरिएको छ ।

नेपाली कांग्रेसबाट भीष्मराज आङ्देम्बेले बोल्ने पाएको समय ८ मिनेट थप २ मिनेट गरेर १० मिनेट, एमालेकाबाट रामबहादुर थापा ‘बादल’ ले पाएको समय ५ मिनेट थप ३ मिनेट गरेर ८ मिनेट, नेपाली कम्युनिस्ट पार्टीबाट वर्षमान पुन बोल्ने पाएको समय ५ मिनेट थप २ मिनेट गरेर ७ मिनेट, श्रम संस्कृति पार्टीबाट हर्क साम्पाङ बोल्ने, पाएको समय ५ मिनेट थप २ मिनेट गरेर ७ मिनेट, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ज्ञानबहादुर शाही बोल्ने, पाएको समय ५ मिनेट थप २ मिनेट गरेर ७ मिनेट, स्वतन्त्र सांसद महावीर पुन बोल्ने,पाएको समय ५ मिनेट थप २ मिनेट गरेर ७ मिनेट बोल्ने छन् ।