गोल्यान ग्रुपको सिटी होटलले ६ महिनामा कतिको गर्‍यो व्यापार ?

217
Shares

काठमाडौं । गोल्यान ग्रुपको सिटी होटलले चालु आर्थिक वर्षको ६ महिनामा २४ करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ ।

सोल्टिमोडमा रहेको कम्पनीले सन् २०२५ मा ५२ करोड २० लाख रुपैयाँ र सन् २०२४ मा ५८ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् २००७ मा स्थापना भएको होटलले पाँचतारे होटल हायात सेन्ट्रिक ब्रान्डमा सञ्चालन गर्दै आएको छ । होटलमा १ सय ५३ कोठाको सुविधा छ । कम्पनीले सन् २०२१ देखि व्यवसायिक कारोबार सुरु गरेको थियो ।

गोल्यान ग्रुपद्वारा सञ्चालित कम्पनीको अध्यक्ष शक्तिकुमार गोल्यान अध्यक्ष छन् ।

गत आवमा कम भाडा उठ्दा कारोबार कम देखिएको जनाएको छ । होटलको अकुपेन्सी रेट स्थिर रहेको छ । होटलकाअनुसार चालु आवको अकुपेन्सी रेट ५५ देखि ६० प्रतिशत रहेको छ ।

होटलले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि २ अर्ब ५८ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २ अर्ब ५० करोड रुपैयाँको रेटिङ गराएको छ भने अल्पकालीन कर्जाका लागि ८ करोड रुपैयाँको रेटिङ गराएको हो ।

कम्पनीले हायात इन्टरनेशनल साउथ वेस्ट एसियासँग व्यवस्थापनका लागि सम्झौता गरेको छ । उक्त अन्तर्राष्ट्रिय कम्पनीको विश्वभर १२ सयभन्दा बढी प्रोपर्टी ७० देशमा फैलिएका छन् ।