
काठमाडौं । नेपाल आयल निगमले बुधबार बिहानबाट लागू हुने गरी आन्तरिक हवाई इन्धनको मूल्य १२४ रुपैयाँले बढाउँदा आन्तरिक वायुसेवा कम्पनीहरूले इन्धनवापतको शुल्क ५ हजार ४ सय ५३ रुपैयाँसम्मले बढाएका छन् । आन्तरिक वायुसेवा कम्पनीले काठमाडौंबाट हुने उडानमा सबैभन्दा बढी काठमाडौं–धनगढी उडानमा शुल्क बढाएका छन् ।
आन्तरिक वायुसेवाले लिने इन्धनको शुल्क हवाई भाडासँगै जोडेर लिने भएकाले यात्रुले टिकटमै थप शुल्क जोडेर दिनुपर्ने हुन्छ । यो शुल्क जोड्दा बुधबारदेखि नै आन्तरिक हवाई यात्रा गर्ने यात्रुले बढेको इन्धनको शुल्क जोडेर हवाई भाडा तिर्नुपरेको छ ।
वायुसेवा कम्पनीका अनुसार सबैभन्दा बढी पर्वतीय उडानमा ४ हजार २२५ रुपैयाँ इन्धनको शुल्क बढेको छ । आन्तरिक वायुसेवाका नियमित उडानका सहरी क्षेत्रका गन्तव्यहरूमा हुने उडानमध्ये सबैभन्दा कम सिमरा क्षेत्रको उडानमा इन्धन शुल्क बढेको छ । सिमरा क्षेत्रमा हुने उडानमा १ हजार ११० रुपैयाँ भाडा बढेको छ ।
आन्तरिक वायुसेवाका सहरी क्षेत्रका प्रमुख गन्तव्यको इन्धन शुल्क
| गन्तव्य | पुरानो शुल्क | नयाँ शुल्क | बढेको रकम |
| काठमाडौं–माउन्टेन | ४,३९० | ८,६१५ | ४,२२५ |
| काठमाडौं–भरतपुर | १,३७० | २,६९० | १,३२० |
| काठमाडौं–पोखरा | २,०३० | ३,९८५ | १,९५५ |
| काठमाडौं–विराटनगर | ३,०३७ | ६,०३० | २,९९३ |
| काठमाडौं–जनकपुर | १,६४५ | ३,२३० | १,५८५ |
| काठमाडौं–सिमरा | १,१५० | २,२६० | १,११० |
| काठमाडौं–भैरहवा | २,६३५ | ५,१७० | २,५३५ |
| काठमाडौं–धनगढी | ५,६५५ | ११,०९० | ५,४३५ |
| काठमाडौं–नेपालगन्ज | ४,१७० | ८,१८५ | ४,०१५ |
| काठमाडौं–भद्रपुर | ३,८४५ | ७,५४० | ३,६९५ |
| काठमाडौं–तुम्लिङटार | २,३६० | ४,६३० | २,२७० |
| काठमाडौं–सुर्खेत | ४,४२० | ८,६७२ | ४,२५२ |
| काठमाडौं–राजविराज | २,६१५ | ५,१३५ | २,५२० |
| पोखरा–भरतपुर | १,४२० | २,७९० | १,३७० |
| पोखरा–भैरहवा | १,६५० | ३,२३५ | १,५८५ |
| पोखरा–नेपालगन्ज | ३,०३५ | ५,९५५ | २,९२० |
आन्तरिक वायुसेवाले बढाएको यस्तो इन्धनको शुल्क १३ प्रतिशतका दरले हुने मूल्य अभिवृद्धि कर (भ्याट)सहित भएको आन्तरिक वायुसेवा कम्पनीहरूले जानकारी दिएका छन् ।
वायुसेवा कम्पनीका अनुसार अन्तर्राष्ट्रिय बजारमा बढेको इन्धनको मूल्यको प्रभावसँगै विदेशी हवाई यात्रुको चाप समेत घट्न थालेको छ । विदेशी यात्रु घटेको र आन्तरिक यात्रुका लागि हवाई यात्रा थप महँगो हुँदा अत्यावश्यक सेवा मानिने हवाई यात्रा थप संकटतर्फ जाने अवस्थामा पुगेको छ ।
हवाई इन्धन शुल्क तुलनात्मक तालिका –













प्रतिक्रिया