
काठमाडौं । सहकारी समस्याका सम्बन्धमा गम्भीरतापूर्वक गृहकार्य गरिरहेको सरकारले जनाएको छ।
सोमबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारका प्रवक्तासमेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले सहकारी समस्याका सम्बन्धमा पनि सरकारले गम्भीरतापूर्वक गृहकार्य गरिरहेको बताए।
विशेष गरी सहकारीमा सानो रकम बचत गरेका र समस्यामा परेका नागरिकहरूलाई राहत दिन सरकारले रणनीति बनाइरहेको उनको भनाइ छ ।
१ लाख रुपैयाँभन्दा कम बचत भएका सर्वसाधारण बचतकर्ताहरूलाई पहिलो प्राथमिकतामा राखेर उनीहरूको रकम भुक्तानी गर्ने प्रक्रियाका बारेमा सामान्य छलफल सुरू भएको उनले जानकारी दिए।
यद्यपि यस विषयमा मन्त्रिपरिषद् वा सम्बन्धित निकायबाट कुनै औपचारिक घोषणा वा निर्णय भइनसकेको उनको भनाइ छ ।
सरकार सहकारी पीडितका समस्याप्रति अत्यन्तै संवेदनशील रहेको र कानुनी प्रक्रिया पूरा गरी बचतकर्ताको हितमा निर्णय लिइने उनले स्पष्ट पारे ।








प्रतिक्रिया