
काठमाडौं । दराज नेपालले नयाँ वर्ष २०८३ लाई विशेष बनाउन आफ्नो बहुप्रतीक्षित ४.४ नव वर्ष उत्सव सार्वजनिक गरेको छ । ७ प्रतिशतसम्मको छुट, निःशुल्क होम डेलिभरी र ८३ लाख बराबरका भौचरहरू सहितको यो सेल चैत २० देखि २७ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ।
यस उत्सव अन्तर्गत ग्राहकहरूले विभिन्न क्याटेगरी र प्रमुख साझेदार ब्रान्डहरूमा दैनिक फ्ल्यास सेल मार्फत विशेष अफर प्राप्त गर्न सक्नेछन्। प्लाटिनम पार्टनर ब्रान्डहरू: चर्च एण्ड ड्वाइट, एंकर, होनसा, ब्राण्डहाउस, युनिलिवर र मिनिमलिस्टमा ६० प्रतिशतसम्म छुट, गोल्ड पार्टनर ब्रान्डहरू: फोरया र एक्सएजमा ६० प्रतिशतसम्म र सिल्भर पार्टनर ब्रान्डहरू: नाइक, फ्यानटेक र पीसेफमा ६५ प्रतिशतसम्म छुट उपलब्ध हुने कम्पनीले जनाएको छ।
चार प्रमुख बैंकहरूसँगको सहकार्यअनुसार नबिल बैंक, हिमालयन बैंक, महालक्ष्मी बैंक र नेपाल बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत र डेबिट कार्ड प्रयोगकर्ताले १० प्रतिशत छुट पाउनेछन्। साथै, ईसेवा र खल्ती बाई आईएमई प्रयोगकर्ताका लागि विशेष ‘रश आवर’ अफरहरू पनि उपलब्ध हुनेछन्।
रोमाञ्चक पुरस्कारमा फिलिप्सको सहयोगमा १५ वटा साना होम अप्लायन्स सहितको प्रिमियम बन्डल, भिभो भी७० स्मार्टफोन, बडी जिम एक्सरसाइज साइकल, मिर्याकल्स ईन्डस्ट्रियल उडन डिस्प्ले र्याक,मिर्याकल्स सजिलो प्रिन्टर र्याक, स्टिलबर्ड हेल्मेट र एससीएस एसएण्डएक्स हेल्मेट ब्लुटुथ ईन्टरकम समावेश छन्। न्यूनतम रु. ५,००० खरिद गर्ने ग्राहकहरू स्वतः लक्की ड्रमा सहभागी हुनेछन्।
“४.४ सेलले नेपालको डिजिटल व्यापार प्रणालीलाई सुदृढ बनाउने हाम्रो निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गर्छ ।” ४.४ नव वर्ष उत्सवबारे बोल्दै दराज नेपालका प्रबन्ध निर्देशक, आँचल कुँवरले भने, “सशक्त ब्रान्ड साझेदारी, आकर्षक भुक्तानी अफरहरू र रोमाञ्चक पुरस्कारहरूको संयोजन गर्दै, हामीले ग्राहकहरूलाई नयाँ वर्ष २०८३ स्वागत गर्ने तयारीमा एक समग्र र उत्कृष्ट किनमेल अनुभव प्रदान गर्ने लक्ष्य राखेका छौं ।”








प्रतिक्रिया