ओलीको बन्दीप्रत्यक्षीकरण रिट पोखरेलको इजलासमा सुनुवाइ हुँदै, रिहा होलान् ?

406
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको बन्दीप्रत्यक्षीकरण सम्बन्धी निवेदनमा आज सुनुवाइ हुँदै छ । सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको इजलासमा उक्त रिटको पेसी तोकिएको छ।

गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै तत्काल रिहाइको मागसहित आइतबार दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिटमाथि सोमबार सुनुवाइ हुने भएको हो ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको घटनामा अनुसन्धानका लागि पक्राउ परेका ओलीको पक्षबाट राधिका शाक्यले उक्त निवेदन दर्ता गराएकी हुन् ।

उक्त आन्दोलनका क्रममा भएको दमनका लागि जिम्मेवार ठहर गर्दै जाँचबुझ आयोगले उनीहरूमाथि मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही प्रतिवेदनका आधारमा वर्तमान सरकारले तत्कालीन प्रधानमन्त्री ओलीलाई शनिबार पक्राउ गरेको हो ।