
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश आनन्द श्रेष्ठले दुवैजनालाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन् ।
जेनजी घटनाबारे जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन कार्यान्वय गर्ने बालेन्द्र शाह नेतृत्वको सरकारको निर्णयपछि शनिबार बिहान ओली र लेखकलाई भक्तपुरबाट प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका उनीहरूलाई आजै जिल्ला अदालत काठमाडौंमा पेस गरिएको थियो ।








प्रतिक्रिया